नियम ४६
रकम खर्च सम्बन्धी कार्यविधि
(१) जिल्ला परिषद्बाट स्वीकृत कार्यक्रम र बजेटको
सीमाभित्र रही अधिकार प्राप्त अधिकारीले निर्धारित कार्यमा रकम खर्च गर्नु पर्नेछ वा
सम्बन्धित विषयगत शाखा वा कार्यालयको प्रमुखलाई सम्बन्धित विषयगत क्षेत्रको
काममा खर्च गर्न अख्तियारी दिनु पर्नेछ ।
(२) सम्बन्धित बजेटभित्रको रकम खर्च गर्दा अधिकार प्राप्त अधिकारीबाट
स्वीकृत गराई खर्च गर्नु पर्नेछ । स्वीकृत बजेटभित्र परेको तर कारणवश अधिकार
प्राप्त अधिकारीको स्वीकृति बिना खर्च गरेको रकम निजले मनासिब ठानेमा पछि
स्वीकृत गरी दिन सक्नेछ ।
(३) उपनियम (२) बमोजिम अधिकार प्राप्त अधिकारीबाट स्वीकृत गराई खर्च
गर्दा खर्चको बील भरपाई सहित लेखा राख्नु पर्नेछ । तर बील भर्पाई पेश हुन नसक्ने
पा“चसय रुपैया“सम्मको फुटकर काममा खर्च भएको रकमको हकमा खर्च गर्ने
कर्मचारीले प्रमाणित गरी अधिकार प्राप्त अधिकारीबाट समर्थन गराउनु पर्नेछ ।
(४) विकास आयोजना तर्फ योजनाको सर्वेक्षण, डिजाइन, लागत अनुमान एवं
कार्यक्रम तयार गरी स्वीकृत गराई बजेटमा निर्धारित सीमाभित्र नियमानुसार खर्च गर्नु
र समयमै निर्धारित कार्यक्रम अनुसार मालसामानको उपलब्धि तथा प्राविधिक एवं
प्रशासकीय व्यवस्था मिलाई कार्य सम्पादन गर्नु अधिकार प्राप्त अधिकारीको कर्तव्य
हुनेछ । यस सम्बन्धमा वाधा अड्काउ फुकाउन आवश्यक निकासा माग भएमा
त्यसको निकासा समयमै दिनु सभापतिको जिम्मेवारी हुनेछ ।
(५) आफूले जिम्मा लिएको रकम र त्यसको हिसाब किताब, बील, भरपाई वा
प्रमाण आर्थिक प्रशासन शाखा प्रमुखद्वारा राख्न लगाउने उत्तरदायित्व अधिकार प्राप्त
अधिकारीको हुनेछ ।
(६) कुनै रकमको भुक्तानी दिंदा रीत पुगे वा नपुगेको जा“च गर्नु पर्नेछ । खर्च
भएको सबै रसिद, बील, भरपाईमा सिलसिलेवार नम्बर राखी आर्थिक प्रशासन शाखा
प्रमुखले “भुक्तानी भएको” जनाई दस्तखत गरी प्रमाणित गर्नु पर्नेछ ।
(७) अधिकार प्राप्त अधिकारीले आर्थिक कारोवार गर्दा आÇना मातहतका
कर्मचारी उपर रेखदेख पु¥याई नगद, मालसामान तथा अन्य सम्पत्तिमा कुनै किसिमको
हिनामिना, हानी नोक्सानी वा लापरवाही हुन नपाउने गरी सुरक्षित राख्न प्रबन्ध गर्नु
पर्नेछ । आपूmले गर्नु पर्ने काम आपूm मुनिका कर्मचारीद्वारा गराएमा पनि त्यस्तो
कामप्रति निजको उत्तरदायित्व कायमै रहनेछ ।
(८) अधिकार प्राप्त अधिकारीले तोकिएको समयमा लेखाको मासिक फा“टवारी
सम्बन्धित निकायमा पेश गर्नु पर्नेछ ।
(९) अधिकार प्राप्त अधिकारीले सुम्पेको काम र आर्थिक कारोबारको लेखा
राख्ने उत्तरदायित्व बहन गरी आर्थिक कारोबारमा निजलाई मद्दत गर्न र प्रचलित
कानून बमोजिम निजको उत्तरदायित्वमा यस नियम बमोजिम रीत पुगे वा नपुगेको
जा“च गरी हिसाब किताब रीतपूर्वक राखी पेश गर्नु पर्ने निकायमा पेश गरी
लेखापरीक्षण गराउने कर्तव्य आर्थिक प्रशासन शाखा प्रमुखको हुनेछ ।
(१०) यो नियमावली र प्रचलित कानूनको प्रक्रिया नपुगेको कारोबारको आर्थिक
प्रशासन शाखा प्रमुखले भुक्तानी दिन वा भुक्तानीको निमित्त पेश गर्न वा भुक्तानीको
निमित्त सिफारिस गर्न हु“दैन । आर्थिक कारोवार सञ्चालन एवं भुक्तानी दिने सम्बन्धमा
अधिकार प्राप्त अधिकारी र आर्थिक प्रशासन शाखा प्रमुखबीच मतभेद भएमा अधिकार
प्राप्त अधिकारीको निर्णय अनुसार गर्नु पर्नेछ । यस्तो निर्णयको जानकारी आर्थिक
प्रशासन शाखा प्रमुखले सभापति समक्ष निर्णय कार्यान्वयन भएको सात दिनभित्र
लिखित रुपमा दिनु पर्नेछ । सभापतिले पनि त्यस्तो जानकारी प्राप्त गरेको सात
दिनभित्र जिल्ला विकास समितिका एक सदस्य र आन्तरिक लेखा परीक्षणशाखा
प्रमुखबाट जा“चबुझ गराई जिल्ला विकास समितिसमक्ष प्रतिवेदन पेश गर्न लगाउनुु
पर्नेछ । यसरी प्राप्त प्रतिवेदन उपर जिल्ला विकास समितिले सात दिनभित्र आवश्यक
कारबाही गर्नु पर्नेछ ।